कोरोनाः देशभर थप ४३० जनामा संक्रमण, ३९० संक्रमणमुक्त, ५ को मृत्यु

Share:

पोखरा । देशभर थप ४३० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १७७ महिला र २५३ पुरुष गरी ४३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट थप ३९० जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

हालसम्म नेपालमा १ हजार ९३२ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । गत २४ घण्टामा पनि थप ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ५ हजार ३०० परिक्षण भएको छ भने हालसम्म १९ लाख ९२ हजार ८५५ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: