
पोखरा । कास्कीमा मंगलबार (आज) एक किशोरी मृत फेला परेकी छन् ।
माछापुच्छ्रे गाउँपालिका–८ निवासी १८ वर्षीया ममता गुरुङ सोमबार राति ८.०० बजे परिवार कसैलाई खबर नगरी बाहिर निस्केकी थिइन् ।
खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो १२.३० बजे माछापुच्छ्रे गाउँपालिका–८ स्थित न्यास्रेको जंगलमा गुरुङ मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्ररही कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
