
तनहुँ । तनहुँको भानुबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
मंगलबार दिउँसो १२ः३० बजे भानु नगरपालिका–२ नारेश्वरटारबाट प्रहरीले भानु–१ खुर्सानीबारी निवासी २७ वर्षीय भरत तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले चेकजाँच गर्नेक्रममा तामाङको साथबाट नुर्फिन २० थान, डाइजापाम २० थान र फेनरागन २० थान बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्रउ परेका तामाङका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
