भारतमा थप १५ हजार ९०३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा थप १५ हजार ९०३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

तीमध्ये भारतमा १ करोड १ लाख २८ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार ७४७ जना निको भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २०० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ५६४ पुगेको छ ।

हाल भारतमा २ लाख १५ हजार ७९५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: