विश्वभर ९ करोड १९ लाख बढीमा कोरोना पुष्टि, ६ करोड ५८ लाख संक्रमणमुक्त

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड १९ लाख ८८ हजार ८०४ पुगेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा मात्रै थप ६ लाख ६३ हजार ३५३ संक्रमित थपिए हुन् ।

हालसम्म विश्वमा ६ करोड ५८ लाख ८ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ५ लाख १६ हजार ९१८ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १५ हजार ७११ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ६५७ पुगेको हो ।

हाल विश्वभर २ करोड ४२ लाख १२ हजार ८३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ९२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३८ लाख १६ हजार २८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ ।

हाल अमेरिकामा ९१ लाख ६२ हजार ५९८ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार २२२ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: