
काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।
बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन माग गरेको हो ।
माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।
आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
