
काठमडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास नै गठन गरेका छन्।
उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राखेका छन् । न्यायाधीश प्रधान संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् ।
संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत छन् ।
यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानूनी सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागितामाथि अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।त्यसपछि अघिल्लोपटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गरेका थिए ।
सम्बन्धित न्युजः
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै
कमेन्ट गर्नुहोस्
