
पोखरा । देशभर थप ४४५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८४ महिला र २१६ पुरुष गरी ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट थप ४१४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।
हालसम्म नेपालमा १ हजार ९३७ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । गत २४ घण्टामा पनि थप ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
हाल देशभर ४ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ४ हजार १५४ परिक्षण भएको छ भने हालसम्म १९ लाख ९७ हजार ९ परिक्षण भएको छ ।
