बुधबार पोखराका १९ सहित गण्डकीमा थप २२ जनामा कोरोना पुष्टि, ४१ संक्रमणमुक्त

Share:

पोखरा । बुधबार पोखराका १९ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १९ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका २ जना र पर्वत एक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ६४ वर्षीया महिला, वडा नं. २ का २६ वर्षीय पुरुष, वडा नं. ३ का ४६ वर्षीय पुरुष, वडा नं. ५ का २३ वर्षीय पुरुष, वडा नं. ६ का २८, ३५ र ५५ वर्षीय पुरुष तथा २९ र ५३ वर्षीया महिला, वडा नं. ८ का ४५ वर्षीय पुरुष, वडा नं. १० का ४ वर्षीय बालक सहित ४७ वर्षीय पुरुष तथा ६६, ५४ र ७० वर्षीया महिला, वडा नं. १७ का ३९ र ५३ वर्षीय पुरुष तथा २५ वर्षीया महिला एवं वडा नं.१९ की ७५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै, तनहुँको भिमाद नगरपालिका वडा नं. ६ की ५० वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका वडा नं. १० का ३५ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं.७ का ७५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४१ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशभरबाट गत २४ घण्टामा ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार २१९ पुगेको छ ।

अहिलेसम्म गण्डकीमा १९६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

हाल प्रदेशमा ६२६ जना सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा १५६ परिक्षण भएको छ भने हालसम्म १ लाख २३ हजार ६०१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: