
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार (आज) आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ भने तराई क्षेत्रमा हल्का हुस्सु–कुहिरो लागेको छ ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली हुनेछ ।
देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
