
पोखरा । एक हप्ता अगाडि पोखरा–२२ पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान गएदेखि हराएका एक युवक मृत फेला परेका छन् ।
पुष २२ गते दिउँसो ०१ः२० बजे पिकनिक खान गएदेखि घर नफर्केका स्थानिय २५ वर्षीय सन्तोष परियारको शव बुधबार फेवातालमा तैरेको अवस्थामा फेला परेको हो ।
पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान ८ बजे शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
