
पोखरा । पोखराको लामाचौरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
गोरखा जिल्लाको शहिद लखन नगरपालिका–६ का ३२ वर्षीय सुरेश कोइराला बुधबार आफू सतेको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक कोइराला पोखरा महानगरपालिका वडा नं १९ स्थित खेत भन्ने स्थानमा कृष्ण बहादुर माजकोटीले संचालन गरेको फर्निचर उद्योगमा काम गर्दथे ।
सोही उद्योग भित्र ब्लकले बनेको कोठामा बस्दै आएका उनी बुधबार बिहान सवा नौबजेसम्म पनि भित्रबाट चुक्कुल लगाइ सुतेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी टोलीले स्थानीय प्रतिनिधिको रोहवरमा ढोका फोरी हेर्दा खाटमा कोल्टो परी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।
