गोरखामा रुखले च्यापिएर युवकको मृत्यु

Share:

गोरखा। गोरखामा रुख काट्ने क्रममा एक युवकको च्यापिएर मृत्यु भएको छ ।

भीमसेन गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान ८ः३० बजे सालको रुख काट्ने क्रममा पाँचथर घरभई सोही स्थान बस्दै आएका १८ वर्षीय उमेश राईको च्यापिएर मृत्यु भएको हो ।

स्थानीय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा रुख ढल्दा राई माथि नै परेर उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: