बदली, बर्षा र हिमपातको सम्भावना कहाँकहाँ?

Share:

पोखरा । देशका धेरै स्थानको मौसम शुक्रबार आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने देखिन्छ ।

गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं. १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: