
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप १५ हजार ३६१ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख १ हजार २८९ पुगेको हो ।
यस्तै, गत २४ घण्टामा थप ७ लाख ४९ हजार २६५ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख ९ हजार ८९० पुगेको छ ।
तीमध्ये ६ करोड ६७ लाख ९८ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ५ लाख १ हजार २६१ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ४७ लाख ९ हजार ८६६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ९१३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ३८ लाख ४८ हजार ४१० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४१ लाख १२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ९९४ पुगेको छ ।
हाल अमेरिकामा ९३ लाख ३८ हजार २९७ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार २३२ गम्भिर बिरामी रहेका छन् ।
