पोखराको फुलबारीबाट लागुऔषध गाँजा सहित युवक पक्राउ

Share:

पोखरा । पोखराको फुलबारीबाट ठूलो मात्रामा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पाँचथर मिक्लाजुङ गा.पा.८ स्थायी घर भई हाल पोखरा ११ फूलबारी बस्दै आएका १९ वर्षीय सनम लिम्बू लाई लागूऔषध सहित पुष २९ गते बेलुका ५ः३० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले लिम्बुको कोठाबाट लुकाई छिपाई राखेको लागूऔषध गाँजा ५०० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो ।

लिम्बुलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: