
पोखरा । छिमेकी मुलुक भारतमा थप १५ हजार १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ४३ हजार ६५९ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १७६ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार १३० पुगेको छ ।
भारतमा हालसम्म १ करोड १ लाख ७८ हजार ८८३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १६ हजार ८०१ जना निको भएका हुन् ।
हाल भारतमा २ लाख १२ हजार ६४६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
वल्र्डाेमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत अहिले दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
