
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ४२ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ७ लाख ६१ हजार ५५४ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८४ हजार ९२ पुगेको छ ।
तीमध्ये ६ करोड ७३ लाख २५ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ५ लाख १२ हजार ८३० जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप १४ हजार ८१६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६३२ पुगेको हो ।
हाल विश्वभर २ करोड ४९ लाख ४२ हजार २९२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ४८३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४१ लाख २ हजार ४२९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४२ लाख २८ हजार ९६९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख १ हजार ८५६ पुगेको छ ।
हाल अमेरिकामा ९४ लाख ७१ हजार ६०४ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ९३७ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
