देशभर थप २६६ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

Share:

पोखरा । देशभर थप २६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९१ महिला र १७५ पुरुष गरी २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ ।

हालसम्म २ लाख ६१ हजार ४४४ कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ४०० जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३ हजार ९१९ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २२१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ३ हजार ५०८ परिक्षण भएको छ भने हालसम्म २० लाख १२ हजार ४५२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: