
पोखरा । पोखराका २२ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ७ जना, म्याग्दीका ३ जना, तनहुँका २ जना तथा लमजुङ र पर्वतका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ३१ वर्षीय पुरुष, वडा नं.२ का ३८ वर्षीय पुरुष, वडा नं.६ का ३३ वर्षीय पुरुष, वडा नं.८ का ५० वर्षीय पुरुष, वडा नं.१० का ३२ वर्षीय पुरुष, वडा नं.१४ का ३७, २३, २४, ३०, ४९–४९ र ५४ वर्षीय पुरुष, वडा नं.१५ का ६५ र ६६ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.१७ का ५० वर्षीय पुरुष तथा १७ वर्षीया महिला, वडा नं.१९ का १७ र ६६ वर्षीया महिला, वडा नं. २२ की ४१ वर्षीया महिला, वडा नं.२६ का २१ वर्षीय पुरुष र वडा नं.३० की ३१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का ४५ र ६७ वर्षीय पुरुष, वडा नं.२ का ३९, ४० र ५७ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.३ का ३८ वर्षीय पुरुष, म्याग्दी बेनी वडा नं.६ की २८ वर्षीया महिला, वडा नं.७ का ५८ वर्षीय पुरुष, वडा नं. ८ का ४६ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी वडा नं.८ की ३८ वर्षीया महिला, लमजुङ मध्यनेपाल वडा नं.५ का ४९ वर्षीय पुरुष, व्यास वडा नं.१ का ५२ वर्षीय पुरुष एवं पर्वत जलजला वडा नं.३ का ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १६४ पुगेको छ ।
