भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ करोड २ लाख नाघ्यो

Share:

पोखरा । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ करोड २ लाख नाघेको छ ।

गत २४ घण्टामा मात्रै थप १४ हजार ५१३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड २ लाख १० हजार ६९७ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

यस्तै, भारतमा पछिल्लो २४ घण्टामा थप १३ हजार ९६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ७२ हजार ६७२ पुगेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १४५ संक्रमितको मृत्यु भएको हो ।

हाल भारतमा २ लाख ९ हजार ५१९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

अहिले सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: