
पोखरा । नेपालमा थप ३२२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२४ महिला र १९८ पुरुष गरी ३२२ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
ती मध्ये हालसम्म २ लाख ६१ हजार ८१८ कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ३७४ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ ।
हाल देशभर ३ हजार ८६१ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २२१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ४ हजार ३०६ परिक्षण भएको छ भने हालसम्म २० लाख १६ हजार ७५८ परिक्षण भएको छ ।
