बदली र वर्षाको सम्भावना

Share:

पोखरा । मंगलबार (आज) देशका अधिकांश क्षेत्रको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: