
पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल–मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र रु ९३ प्रतिलिटर कायम गरेको छ।
हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको छ।
कमेन्ट गर्नुहोस्
