
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ५९ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ७३ हजार ७५० संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ करोड ५९ लाख ९४ हजार ६२५ पुगेको छ ।
तीमध्ये ६ करोड ८६ लाख ११ हजार ४१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४ लाख ४९ हजार ७२९ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ९ हजार १६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख ४८ हजार ६३१ पुगेको हो ।
हाल विश्वभर २ करोड ५३ लाख ३४ हजार ९५३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ८३८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३७६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ४५ लाख ५१ हजार ६८५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ८ हजार ६२० पुगेको छ ।
हाल अमेरिकामा ९६ लाख ६६ हजार ७१ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ५५३ गम्भिर बिरामी रहेका छन् ।
