भारतमा थप ९ हजार ९७५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । भारतमा गत २४ घण्टामा थप ९ हजार ९७५ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ ।

तीमध्ये १ करोड २ लाख २७ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार १५५ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १३७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ ।

हाल भारतमा २ लाख २ हजार २०२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: