फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

Share:

काठमाडौँ । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

सोमबार राति गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

उक्त घटनामा १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

प्रहरीले घाइतेहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: