
पोखरा । सुनचाँदीको मूल्य मंगलबार (आज) बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको ९१ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
