
पोखरा । पोखराका ३१ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ३५ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३१ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, म्याग्दीका २ जना तथा पर्वत र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २८ र ४६ वर्षीय पुरुष, वडा नं. ३ का २०, ३६, ४१ र ७८ वर्षीय पुरुष, वडा नं.५ की ४० वर्षीया महिला, वडा नं. ६ का ३९ वर्षीय पुरुष, वडा नं. ७ का ४७ वर्षीय पुरुष, वडा नं. ८ का २४ वर्षीय पुरुष, वडा नं.९ का २३–२३ वर्षीया ३ जना महिला, वडा नं. १० का २४ र ३१ वर्षीय पुरुष तथा ४७ वर्षीया महिला, वडा नं.१२ का ६६ वर्षीय पुरुष तथा ६४ वर्षीया महिला, वडा नं.१३ का ३८ वर्षीय पुरुष, वडा नं.१४ का २४, ३६, ४३, ४५, २४ र ४२ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.१६ का १६ वर्षीय पुरुष, वडा नं.१७ का २९ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला, वडा नं.३० का ६३ वर्षीय पुरुष तथा ५६ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।
यस्तै, म्याग्दी बेनी वडा नं.८ का ६२ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, पर्वत मोदी वडा नं.७ का ७८ वर्षीय पुरुष एवं स्याङ्जा वालिङ वडा नं.८ का ३९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २२४ पुगेको छ ।
