
पोखरा । देशभर थप ३४८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२९ महिला र २१९ पुरुष गरी ३४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।
ती मध्ये हालसम्म २ लाख ६२ हजार २५९ कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ४४१ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।
हाल देशभर ३ हजार ७६४ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा १९० जना रहेका छन् ।
देशभरका प्रयोगशालमा गत २४ घण्टामा ४ हजार ९५६ परिक्षण भएको छ भने हालसम्म २० लाख २१ हजार ७१४ परिक्षण भएको छ ।
