
पोखरा । देशभर थप ३१८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी ३१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।
ती मध्ये हालसम्म २ लाख ६२ हजार ६४२ कोरोना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ३८३ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ ।
हाल देशभर ३ हजार ६९३ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा १७२ जना रहेका छन् ।
देशभरका प्रयोगशालमा गत २४ घण्टामा ५ हजार १२ परिक्षण भएको छ भने हालसम्म २० लाख २६ हजार ७२६ परिक्षण भएको छ ।
