
पोखरा । स्थानीय बजारमा सुनचाँदीको मूल्य बुधबार (आज) बढेको छ ।
सुन आज प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार सुन प्रतितोला ९२ हजारमा रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलामा आज एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसअघि मङ्गलबार चाँदी तोलामा एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
