पोखराका २३ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २३ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका १० जना, बाग्लुङका २ जना र पर्वत १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.३ का ६ वर्षीय बालक सहित ३० वर्षीय पुरुष, वडा नं.४ का ३० वर्षीय पुरुष तथा १३ वर्षीया बालिका सहित ४२ वर्षीया बालक, वडा नं.५ का ६८ वर्षीय पुरुष, वडा नं.८ का ३३ वर्षीय पुरुष, वडा नं.९ का ४८ वर्षीय पुरुष, वडा नं.१० का १३ वर्षीय बालक, वडा नं.११ का ३२, ३५, ४१ र ६८ वर्षीय पुरुष, वडा नं.१४ का ३६, ४३, ४५ र ४८ वर्षीय पुरुष, वडा नं.१७ का २९ र ५२ वर्षीय पुरुष तथा ३२ र ३८ वर्षीया महिला, वडा नं.२५ का २७ वर्षीय पुरुष र वडा नं.३३ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

तनहुँ शुक्लागण्डकी वडा नं.३ की ३१ वर्षीया महिला, वडा नं.४ का ६४ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, व्यास वडा नं.५ का ३१ वर्षीय पुरुष, भानु वडा नं.४ का ४७, ४९ र ५० वर्षीया महिला, वडा नं.९ का ४७ र ५२ वर्षीय पुरुष, भिमाद वडा नं.६ का २९ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ३४ वर्षीय पुरुष, वडा नं.४ का २८ वर्षीय पुरुष एवं पर्वत कुश्मा वडा नं.९ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार २६० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: