
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार (आज) आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो ।
अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
