प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

Share:

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेस आज ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ ।

केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले बिहीबार वडास्तरीय विरोध कार्यक्रम राखेको हो ।

देशभरका विभिन्न वडामा हुने विरोध कार्यक्रममा नेताहरुले सहभागिता जनाउने छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई समेत अपिल गरेका छन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: