बिहिबार पनि सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा बिहिबार (आज) पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

केहीदिनयता बढ्दो क्रममा रहेको सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेर आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: