
पोखरा । कृषि विकास बैंकको ५४ औं बार्षिक उत्सव बुधबार सम्पन्न भएको छ ।
सो अवसरमा बैंकको क्रियाशिल दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यबासिनी मन्दिरमा Water Dispenser Machine (शुद्ध पिउने पानीको लागि मेसिन) तथा बैंक प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
विन्ध्यवासिनी मन्दिरमा बुधबार बिहान ८ बजे भएको पहिलो कार्यक्रममा प्रमुख अतिथी बैंकका निर्देशक रघुनाथ न्यौपानेले मन्दिर व्यवस्थापनका तर्फबाट तिर्थ श्रेष्ठलाई Water Dispenser Machine हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता कर्मचारी संगठन नेपालका अध्यक्ष भेषराज घिमिरेले गरेका थिए भने नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष बद्रिनारायण पौडेले सो कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन राजेन्द्र सुवेदीले गरेका थिए ।
यसैगरी, दोस्रो कार्यक्रम अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५४ युनिट रगत (ब्लड) संकलन भएको जनाइएको छ ।
युनियनहरुद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष द्वय घिमिरे र पौडेलले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बैंकका निर्देशक न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए भने मुख्य शाखा प्रबन्धक माधव रिजाल तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेको मुख्य आतिथ्यता रहेको थियो ।
सो कार्यक्रमको संचालन वैंकको कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए ।
