देशभर ३३६ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

Share:

पोखरा । बिहीबार देशभर ३३६ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र २१४ पुरुष गरी ३३६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप २२६ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा १७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ५ हजार ३० परिक्षण भएको छ भने हालसम्म २० लाख ३१ हजार ७५६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: