कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त

Share:

पोखरा । संसद विघटन विरुद्व नेपाली काँग्रेसले बिहिबार देशभर प्रदर्शन गरेको छ ।

काँग्रेसले सात सय ५३ पालिकाका ६ हजार सात सय ४३ वडामा प्रदर्शन गरेको हो ।

कास्कीमा पनि ७२ वटा वडामा व्यापक जनसहभागितामा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेस कास्कीले बिहिबार विज्ञप्ति प्रकाशित गरी संसद विघटन विरुद्वको चरणवद्व आन्दोलनमा सहभागी हुने सबैप्रति आभार व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी कास्कीमा भएका सबै आन्दोलनमा उल्लेख्य सहभागिता रहेको जनाउँदै सबैप्रति आभार व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा पार्टीका आगामि गतिविधिमा पनि सबैको सक्रिय सहभागिता अपेक्षा गरिएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकले पुस २५, माघ ३ र माघ ८ गतेका लागि आन्दोलन घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: