भोलिबाट लाइसेन्सको अनलाइन फारम २४ सै घन्टा खुल्ने, कोटा हट्ने

Share:

पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भोलि (शुक्रबार) बाट खुल्ने भएको छ।

योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार अब सेवाग्राहीले सातै दिन २४सै घन्टा फारम भर्न सक्नेछन् । फारम भरिसकेपछि त्यहाँ तोकिएको मितिमा यातायात कार्यालय जानु पर्नेछ।

यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

यस्तै, केही दिनदेखि आएको सर्भरको समस्याले अनलाईन आवेदन प्रणाली पनि बन्द थियो।

कमेन्ट गर्नुहोस्
Share: