उखु किसानद्वारा फेरि आन्दोलन घोषणा

Share:

काठमाडौँ । सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि उखु किसान संघर्ष समितिले फेरी आन्दोलनको घोषणा गरेको छ ।

उखु किसानले माघ १० गते शुक्रबारदेखि फागुन ७ गतेसम्म जागरण अभियान, फागुन ८ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १५ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको जनाइएको छ । कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएको भन्दै शंका रहेको संघर्ष समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: