
पोखरा । पोखरामा होटलमा बसेका एक पुरुष शुक्रबार मृत फेला परेका छन् ।
पोखरा–१८ सेदी स्थित चारगोलको कोठा नं.१०२ मा बसेका पोखरा–१७ छोरेपाटन बस्ने ४३ वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
बिहीबार राति १०ः३० बजे होटलमा बस्न आएका गुरुङ शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालकले हेर्दा कोठामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ पुगेको प्रहरीको टोलिले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
