
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् ।
आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगती तर्फ लगेकोले अब राप्रपालाई बिकल्पको रुपमा स्थापित गर्नुपर्ने आबश्यकता औल्याए । गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए ।
राप्रपा राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उहाँले अभिभावकको भुमिकामा मात्र राजसंस्था रहने बताए । फरक बिचार सहितको राष्ट्रबादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुकुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने बिचार ब्यक्त गरे ।
भ्रस्टाचार, धर्म परिवर्तन, सर्वसत्ताबाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र बिचार अट्ने राज्य प्रणाली आबश्यक भएको बताए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएको, भ्रस्टाचार र भ्रस्टाचारिलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य ब्यबस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे।
सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नुहुनेहरुलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा रामहरी न्यौपाने, खिल चौलागाईं, गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम, जयराम तिमल्सिना लगायतले बोलेका थिए।
