देशभर थप ३०२ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

Share:

पोखरा । देशभर थप ३०२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३ महिला र १६९ पुरुष गरी ३०२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६३ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ४८० जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर ३ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा १५८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५४५ परिक्षण भएको छ भने हालसम्म २० लाख ३५ हजार ३०१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: