
पोखरा । शुक्रबार कास्कीका ५० सहित गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ७३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ५० जना रहेका छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका १ जना हुन् भने यन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका १० जना, तनहुँका, म्यग्दी र पर्वत ४/४ जना तथा लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३३८ पुगेको छ ।
त्यस्तै, शुक्रबार गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
कास्की पोखरा–१ की २५ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति ९ः५६ बजे मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट ६४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ६७१ पुगेको छ ।
हाल प्रदेशभर ४६४ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ४५७ परिक्षण भएको छ भने हालसम्म गण्डकीमा १ लाख २५ हजार ४९७ नमुना परिक्षण भएको छ ।
