
पोखरा । देशभर थप २३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा ९१ महिला र १४१ पुरुष गरी २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।
नेपालमा हालसम्म २ लाख ६३ हजार ७३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ३८६ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर ३ हजार ४५२ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा १४७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५४१ परिक्षण भएको छ भने हालसम्म २० लाख ३८ हजार ८४२ परिक्षण भएको छ ।
