पोखराका ६ सहित गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण

Share:

पोखरा । पोखराका ६ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ९ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ, म्याग्दी, लमजुङ र पर्वतका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुष, वडा नं. ८ का ३७ वर्षीय पुरुष, वडा नं. १२ का ८३ वर्षीय पुरुष, वडा नं. १७ का ५५ र ५६ वर्षीय पुरुष तथा ६४ वर्षीया महिलामा कोरोना देखिएको छ ।

त्यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ७ की १६ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं. ७ का ५४ वर्षीय पुरुष एवं लमजुङको बेशीसहर वडा नं.८ की ५८ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४०१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: