देशभर थप ३३९ जनामा कोरोना पुष्टि, १० को मृत्यु

Share:

काठमाडौँ । देशभर थप ३३९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३३ महिला र २०६ पुरुष गरी ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६४ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ४०१ जना कोरोना निको भएका हुन् ।

हाल देशभर ३ हजार २४० कोरोनाका सक्रिय संक्रमित रहेका छन्। क्वारेन्टीनमा १३२ जना रहेका छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ८५८ परिक्षण भएको छ भने हालसम्म २० लाख ४८ हजार ११३ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: