प्रचण्ड–माधव समुहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, सिठ्ठी जुलुसदेखि शक्ति प्रदर्शनसम्मका कार्यक्रम

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आज उक्त पक्षको संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनका कार्यक्रम माघ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ ।

उक्त पक्षले सार्वजनिक गरेको कार्यक्रम अनुसार माघ १३ गते सिटी जुलुस, १४ गतेबाट २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना तथा १६ गते सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने, माघ २२ गते काठमाडौँमा युवाहरुको सहभागितामा -याली, २६ गते मशाल जुलुस र २८ गते बृहत विरोध प्रदर्शन लगायत छन् ।

कमेन्ट गर्नुहोस्
Share: