आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रही अन्य क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मंगलबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: